नेपाललाई भुटानको सामान्य लक्ष्य

[sharethis-inline-buttons]

काठमाडौं-

भुटानले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा नेपाललाई ६७ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनायो । भुटानकी कप्तान न्वागन चोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११–११ रन बनाए । भुटानलाई ओपनर सोनम र चोडेनले ४.१ ओभरमा २० रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

स्पिनर मनिषा कुमारी उपाध्यले चोडेनलाई बोल्ड गरेपछि भुटानले लगातार विकेट गुमाएको थियो । उनले १४ बलमा २ चौका प्रहार गरिन् । सोनम मनिषाको बलमा बोल्ड हुनुअघि २६ बलमा ५ रन जोडिन् । चाडो ओम ६, एभा सोमसेल योङजम ७, नोर्बु २ र पेमा याङचाङ ९ रनमा आउट भइन् । भुटानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी मनिषा कुमारी उपाध्यले ४ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिका मरासिनीले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । अनु कडायतले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिइन् ।नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको थियो । जसक्रममा नेपाल ८ रनमा अल आउट भएको थियो ।हाम्रो खेलकुद –