दोस्रो अभ्यास खेलमा नेपाल विजयी

[sharethis-inline-buttons]

काठमाण्डौँ-

कार्यवाहक कप्तान रोहित पौडेललको शतक र सोमपाल कामीको उत्कृष्ट बलिङमा नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो । जितको लागि २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको हरिकेन्स ४३.३ ओभरमा २ सय २१ अल आउट भयो ।

हरिकेन्सका निनाद निम्बालकरले ८१ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए । निनाद सोमपाल कामीको अन्तिम विकेटका रुपमा बोल्ड हुँदै शतक बनाउन एक रनले चुके ।तीव्र गतिका बलर करण केसीले सातौं ओभरको पहिलो बलमा मुनिब चौधरीलाई रोहित पौडेलबाट पाँच रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । सोमपाल कामीले ओपनर एन्ड्रिस गौसलाई २८ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । गौसले २९ बलमा ६ चौका प्रहार गरे ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

अमेरिकामा नेपालको खेल तालिका –
जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान
जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल
जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान
असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

हाम्रो खेलकुद) –

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...