आज्ञा खबर
अहिले देशमा केन्द्र, प्रदेश र स्थानीय सरकार गरी तीन तहका सरकार रहेको छ । सानातिना कामको लागि पनि जिल्ला सदरमुकामदेखि सिंहदरबारसम्म धाउनुपर्ने बाध्यतालाई यो व्यवस्थाले सहज बनाएको छ ।
राज्यको पुनर्संरचनापछि अहिले हाम्रो घर आँगनमै पनि सरकार उपस्थित भएको छ । अहिलेको व्यवस्थाअनुसार तल्लो तहको सरकारको रुपमा रहेको वडा कार्यालय नै हामी सबैको सबैभन्दा नजिकको सरकार हो ।
जनताको सहजताका लागि केन्द्र सरकारको त कुरै छाडौँ नगरपालिका वा गाउँपालिकाको कार्यालय पनि धाउनुपर्ने व्यवस्थाको सरकारले अन्थ्य गरेको छ । हामिलाई कामलाग्ने अधिकांश सरकारी कामहरू अहिले वडा कार्यालयबाटै हुन्छन् ।
वडा कार्यालयबाट के–के काम हुन्छन् त ?
१)नागरिकता र नागरिकताको प्रतिलिपि सिफारिस
२) जन्ममिति प्रमाणित
३) विवाह दर्ता तथा प्रमाणित
४) नाता प्रमाणित
५) घरजग्गा प्रमाणित
६) व्यक्तिगत विवरण प्रमाणित
७) घरपुर्जा प्रमाणित
८) पुर्जा हराएमा प्रमाणित
९) नामथर, जन्ममिति संशोधन
१०) मृत्युदर्ता, हकदार नामसारी
११) वैवााहिक वा अंगिकृत सिफारिस
१२) गरिब , विपन्न प्रमाणित
१३) घर–जग्गा धितोको मूल्यांकन
१४) घर–जग्गा कर
१५) कित्ताकाट सिफारिस
१६) मिलापत्र
१७) निःशुल्क उपचार सिफारिस
१८) पोषणसम्बन्धी व्यवस्था
१९) घर बहाल र कर सिफारिस
२०) मोही लगत कट्टा सिफारिस
२१) व्यापार व्यवसाय खोलेको वा बन्द गरेको प्रमाणित गर्न
२२) उद्योग नामसारी वा ठाउँसारी गर्न
२३) विद्यालय खोल्न सिफारिस
२४) विद्यालयको कक्षा थप्न
२५) विद्यालय ठाउँसारी गर्न‘ आदि





































