मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । शनिबार बसेको मधेश सरकारको मन्त्री परिषद्को बैठकले स्वीकृत गरे अनुसार सो सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने कार्यसूचि रहेको हो।

कृषि, शिक्षा, स्वास्थ्य, सडकलाई मुख्य प्राथमिकतामा राखेको मधेश सरकारको नीति तथा कार्यक्रम आज दिउसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

आज प्रस्तु हुने नीति तथा कार्यक्रम प्रस्तुत भए पश्चात् आगामी असार १ गते सरकारले प्रदेश सभामा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।