आज पनि मधेस, प्रदेश लगायत अन्य प्रदेशको केही ठाउँमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

अहिले प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशको एक÷दुई ठाउँमा पानी परिरहेको छ ।

प्रदेश–१ को पहाडी भू–भाग र वाग्मती प्रदेशको पूर्वी भू–भागमा हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसम पुर्वानु महाशाखाका अनुसार अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पनि प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही दिन सम्म मौसमका गतिबिधि यथाबत रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।