नेपाली क्रिकेट टोली अल स्टार्ससँग खेल्दै नेपाल

[sharethis-inline-buttons]

काठमाण्डौँ-

नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा आज राती नेपाली अल स्टार्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार राती ९ : १५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल सुरु हुनेछ । नेपालको कप्तान सन्दीप लामिछाने र अल स्टार्सको पृथु बाँस्कोटाले गर्नेछन् । अमेरिकामा बसोबास गर्ने नेपाली पूर्व क्रिकेटरसहित अन्तर्राष्ट्रिय खेलाडी रहनेछन् । अल स्टार्समा नेपालका मध्यक्रमका ब्याटर पृथु बाँस्कोटा, अनुभवी स्पिनर बसन्त रेग्मी, कनिष्क चौगाईं, बरदान चालिसे र न्युजिल्यान्डका विष्फोटक ब्याटिङ अलराउन्डर कोरी एन्डरसन लगायतका खेलाडीहरु छन् ।

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिका र ओमानसँग खेल्न ह्युस्टन पुगेको हो । विश्वकप लिग २ अघि तयारी स्वरुप नेपालले दुई अभ्यास खेल खेल्न लागेको हो । अभ्यास खेल हुँदा नेपाल आफ्नो उत्कृष्ट प्लेइङ ११ लाई नै मैदान उतार्दै तयारी गर्न सक्छ । नेपाल अभ्यास खेलमा जितका साथ मनोबल झनै उच्च बनाउछ । पछिल्लो समय सुधार भएको ब्याटिङले गर्दा टोलीको मनोबल पनि उच्च छ ।

नेपालले ओपरनमा कुशल भुर्तेल र आसिफ शेखलाई निरन्तरता दिने सम्भावना छ । तेस्रो नम्बरमा देव खनाल वा रोहित पौडेल हुनेछन् । तेस्रो नम्बरमा देवलाई खेलाउँदा रोहितले पाँचौं नम्बरमा ब्याटिङ गर्नसक्छन् । चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । विकेटकिपरमा नेपालले विनोद भण्डारीलाई मैदान उतार्ने छ । नेपालले सोमपाल कामी, करण केसी र किशोर महतोलाई तीव्र गतिका बलर हुनेछन् ।
करण र सोमपाल पहिलो रोजाईका खेलाडी हुन् । तर किशोरले जिम्बावे ए विरुद्ध अघिल्लो महिना पाँच खेल लिँदै सानदार प्रदर्शन गरेका थिए । त्यसैले गर्दा उनलाई मैदान उतार्नेछ । किशोर तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । स्पिनरमा सन्दीप र सागर ढकालको सम्भावना छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

नेपाली अल स्टार्सको टोली :

पृथु बाँस्कोटा (कप्तान), कोरी एन्डरसन (उपकप्तान), वसन्त रेग्मी, एन्ड्रिज गस, हम्रित सिंह, मोहम्मद इलायस, नितिश कुमार, शड्ली भ्यान शल्कविक, स्मित पटेल, उदय कौल, कनिष्क चौगाईं, गौरभ बजाज, आदिल भाटी, रेहमान डर र विपुल शर्मा ।
अमेरिकामा नेपालको खेल तालिका –
जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान
जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल
जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान
असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

(हाम्रो खेलकुद) –