कविताको विदेशी लिग र विश्वकप खेल्ने सपना

[sharethis-inline-buttons]

काठमाण्डौँ-

कविता कुँवर नेपाली महिला क्रिकेटमा देखिएकी सम्भवत हालसम्मकै सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने क्षमता भएकी खेलाडी हुन् । अघिल्लो साता नेपाली महिला टोलीले युगान्डासँग पाँच महिला टि२० आई सिरिज खेल्दा कविताले आफ्नो गतिको वेगमा सानदार प्रदर्शन गरिन् । कविता सिरिजमा ७ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा रहिन् । तीव्र गती (उद्वेग) कविताको धेरै खेलाडीलाई चाल पाउन कठिन पर्छ ।

सुरुवाती दुवै खेलमा कविताले पहिलो ओभरमै विकेट लिएकी थिइन् । उनको जस्तो बलिङ गती एसोसियट महिला क्रिकेटरमा कमै पाइन्छ । कविता उमेरले भर्खर १८ वर्ष हुँदा उनको गती र बलिङ स्तर आगमी दिनमा बढ्ने सम्भावना छ ।निरन्तर राम्रो प्रदर्शनकै आधारमा कलिलो उमेरमै उनले सिनियर टोलीमा पहिलो रोजाईमा स्थान बनाउन सफल भएकी छिन् । नेपाली खेलाडीको फिल्डिङ र फिटनेसको निकै आलोचना हुँदा कविता भने त्यो सुचीमा टाढा थिइन् ।

कविता यो सबै मिहिनेतले सम्भव भएको बताउँछिन् । ‘मिहिनेत गरेपछि प्रदर्शन भइहाल्छ । मैले धेरै मिहिनेत गरेर यहाँसम्म आएको छु’, कविताले भनिन् ।कविताको उत्कृष्ट प्रदर्शनको सहयोगमा सुदूरपश्चिम प्रदेशले दुवै संस्करणको ललितपुर मेयर्स वुमन्स टि२० च्याम्पियनसिपमा फाइनल खेल खेल्यो । ‘घरेलु क्रिकेटमा धेरैलाई चासो हुन्छ । म जब सम्म टोलीमा छु । त्यो समय सम्म राम्रो गराउन चाहन्छु । अन्तर्राष्ट्रियमा पनि अब हामी युवाले अझ धेरै जिम्मेवारी लिनुपर्ने समय आएको छ’, उनले भनिन् ।

कविताको सपना नेपाललाई विश्वकप पुर्याउने देखि बिग ब्यास तथा महिला आइपिएल जस्ता लिग खेल्ने छ । त्यसको लागि उनले आफ्नो प्रदर्शनलाई अझैं निखारतमा ल्याउनुपर्छ । उनको गती र क्षमता देख्दा विदेशी लिगको ढोका टाढा देखिदैन । तीव्र गतिको बलर भएकाले कविताले फिटनेसमा ध्यान दिँदै चोटबाट बच्न भने आवश्यक देखिन्छ ।