अमेरिका पुग्यो नेपाली क्रिकेट टोली

[sharethis-inline-buttons]

ह्युस्टन-

(हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार ह्युस्टन आइपुगेको छ । शनिबार नेपालबाट प्रस्थान गरेको २२ सदस्यीय नेपाली टोलीलाई आइतबार ह्युस्टनस्थित जर्ज बुस विमानस्थलमा आइपुगेको हो । नेपाली टोलीको तयारी तथा दुई खेलको व्यवस्थापन सम्हालिरहेको नेपाली अल स्टार्सका प्रबन्ध निर्देशक संजय शर्मा र व्यवस्थापक उत्सव सिग्देलले टोलीलाई विमानस्थलमा स्वागत गरेका थिए ।

टोलीले आज हल्का विश्रामपश्चात टोलीका ब्याटर देव खनाल र फिजियो विक्रम न्यौपानेको जन्मदिन मनाएको थियो । टोलीले भोली हल्का अभ्यास तथा पर्सी पूर्ण अभ्यास गर्ने कार्यक्रम रहेको छ ।नेपालले ह्युस्टनमा लिग २ को त्रिकोणात्मक सिरिज खेल्नुअघि अभ्यास सेसन तथा दुई खेल खेल्ने कार्यक्रम रहेको छ । पहिलो अभ्यास खेल नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका पूर्व खेलाडी तथा अन्तर्राष्ट्रिय स्टार सम्मिलित नेपाल अल स्टार्सविरुद्ध हुनेछ भने दोस्रो खेल ह्युस्टन हरिकेन्सविरुद्ध खेलिनेछ ।अभ्यासको पहिलो खेल जुन २ र दोस्रो जुन ४ मा ह्युस्टनको प्रेर भ्यु क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजका सम्पूर्ण खेल भने मुसा क्रिकेट स्टेडियममा हुनेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

नेपाली अल स्टार्सको टोली :
पृथु बाँस्कोटा (कप्तान), कोरी एन्डरसन (उपकप्तान), वसन्त रेग्मी, एन्ड्रिज गस, हम्रित सिंह, मोहम्मद इलायस, नितिश कुमार, शड्ली भ्यान शल्कविक, स्मित पटेल, उदय कौल, कनिष्क चौगाईं, गौरभ बजाज, आदिल भाटी, रेहमान डर र विपुल शर्मा