आज्ञा सम्वाददाता
काठमांडौ
राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छिन ।
भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरेकि हुन ।
विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि मन्त्रिपरिषद्को सिफारिसमा कैद मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।






































