आज्ञा खबर
काठमांडौ
विशेष सुराकीको आधारमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय बीरबहादुर बमजनलाई बिहीबार दिउँसो प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।
उनीहरु ललितपुरको बालकुमारीबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका थिङ र बमजनको साथबाट मेड इन यूएएस लेखेको पेस्तोल एउटा, २ थान म्यागजिन र ४ राउण्ड गोली बरामद भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए। उनिहरुको बिषयमा थप अनुसन्धान भईरहकोे बताईएको छ।





































