कक्षा १२ को परीक्षा समय परिवर्तन,

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी जेठ १६ गतेदेखि हुनलागेको कक्षा १२ को परीक्षा समय परिवर्तन गरेको छ । यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको हो ।
विभिन्न सरोकारवाला निकायको परामर्श गरेर परीक्षा समय परिवर्तन गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।