काठमाण्डौँ-
गुजरातको जितका लागि मिलरले नटआउट ६८ रन बनाए भने कप्तान हार्दिक पाण्ड्या ४० रनमा अविजित रहे। शुभमन गिल र म्याथ्यु वेड ३५/३५ रन बनाएर आउट भए । ओपनर रिद्धिमन साहले भने रन जोड्न सकेनन् ।बलिङतर्फ राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले समान एक/एक विकेट लिए।
पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।राजस्थानका लागि ओपनर जस बटलरले ८९ रनको अर्धसतकीय पारी खेले । क्याम्टेन सन्जु स्यासमनले ४७ र देवदत्त पाडिक्कलले २८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पाण्ड्या र साई किशोरले एक/एक विकेट लिए।अब राजस्थानले फाइनल प्रवेशका लागि लखनऊ सुपर जायन्ट्स र चौंथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरमध्ये एकसँग खेल्नेछ । तेस्रो चौथो स्थानमा रहेका लखनऊ र बेंलोरबीचको खेल आज हुँदैछ । आजको खेल जित्नेले फाइनलका लागि राजस्थानसँग खेल्न पाउनेछन् ।