आज्ञा सम्वाददाथा
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटबाट २ सय ३७ केजी अवैध लागूऔषध गाँजा सहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ,को घर तलासी गर्दा गाँजा सहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका–१४ मोटर दोभान बस्ने २१ वर्षीय राज बम्जन, सोही नगरपालिका–१३ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका–१३ बस्ने २० वर्षीय सुनिल दोङ रहेका छन् । पक्राउ परेका हरुको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।





































