आज्ञा सम्वाददाता
धनुषा
संसदीय समितिले अनुमोदन गरेपछि राजदूतमा सिफारिस भएका जनकपुरधामका डा. रामस्वार्थ राय र बासुदेब मिश्र दुवै जनाको नियुक्तिको बाटो खुलेको छ ।
संसदीय सुनुवाइ समितिले दुई जना राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत डा. रायको संसदीय सुनुवाइ गरी समितिले नाम अनुमोदन गरेको हो राजदूतहरुको नाम संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।