भरतपुर महानगरको मेयरमा पुनः रेनु दहाल विजयी

[sharethis-inline-buttons]

आज्ञा खबर
चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल पुनः निर्वाचित भएकी छन्

दहाल साढे १२ हजार मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गर्दै विजयी भएकी हुन् ।

भरतपुरको निवर्तमान मेयर समेत रहेकी दहालले ५२ हजार ३० मत ल्याएर निर्वाचित हुँदा विजय ३९ हजार ५ सय ८१ मतमा सिमित भए ।

रेनु सत्ता गठबन्धनकी साझा उम्मेदवार थिइन् । विजय एमाले राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए।

२०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतान्तरले मात्रै हराएकी थिइन् ।

दोस्रोपटकमा भने रेनु १२ हजार बढीको फराकिलो मतान्तर राख्न सफल भइन् । रेनुका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए ।

यस्तै उपप्रमुखमा पनि सत्ता गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

अधिकारीले २२ हजार ४ सय मतको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन् । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...