अनेरास्ववियु र राष्ट्रिय युवा संघले पेट्रोलिय पदार्थको मूल्यवृद्धिविरुद्ध भोली देशभर विरोध प्रदर्शन गर्ने

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ

नेकपा एमालेको निकट भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघले भोलि (मंगलबार) दिउँसो देशभर पेट्रोलिय पदार्थको मूल्यवृद्धिविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघले प्रत्येक जिल्लाको सदरमुकाम वा उपयुक्त स्थानमा विरोध प्रदर्शन गर्नेछ । उपत्यकामा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरीने अनेरास्ववियु र राष्ट्रिय युवा संघले जनाएको छ।
सरकारले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलको मूल्य १०÷१० रुपैयाँको दरले बढाएको छ । भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डरमा २०० रुपैया बढाएको छ । सरकारले निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै देशभर विरोध प्रदर्शन भइरहेको छ ।