वर्षासँगै परेको चट्याङ लागेर उदयपुरमा एक महिलाको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
उदयपुर
वर्षासँगै परेको चट्याङबाट उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडामा आइतबार दिउँसो एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी रहेको कटारी इलाका प्रहरी कार्यलयले जनाएको छ। आइतबार दिउँसो हावाहुरी र वर्षासहित चट्याङ खस्दा घरको दलानमा बसिरहेकी बुढाथोकी चट्याङ लागेर सख्त घाइते भएकी थिइन । उनलाई उपचारका लागि तत्काल कटारी अस्पताल लगेर उपचार गर्ने क्रममा बेलुकी साँझ मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईलेजानकारी दिए।