नेपाली क्रिकेट टिम अमेरिकामा २ अभ्यास खेल खेल्न जेठ १५ गते अमेरिका पुग्ने

[sharethis-inline-buttons]

काठमाडौं –

नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्व लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने शृङ्खलाअघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।क्यानको अनुसार नेपाल लिग टू को तयारी स्वरुप नेपाली अल स्टार्स र हाउस्टन हुरिकेनसँग ५० ओभरको खेल खेल्नेछ ।

खेल यही जेठ १९ र २१ गते हुनेछ ।नेपाली टोली जेठ १५ गते अमेरिका पुग्नेछ । नेपालका पूर्वक्रिकेट खेलाडीहरूले चलाइरहेको नेपाली अल स्टारर्ससँगको सहकार्यमा यो भ्रमण सम्भव भएको क्यानले जनाएको छ ।नेपाली अल स्टार्सले यस बाहेक नेपाललाई तीन दिन अभ्यासको व्यवस्थासमेत मिलाएको छ । लिग टू का खेलहरू जेठ २५ देखि असार १ गतेसम्म हुनेछ ।अनलाइन खबर