काठमाडौं महानगरमा बालेन साह १० हजारभन्दा बढी मत अन्तरले अग्रता

[sharethis-inline-buttons]

काठमाडौं, जेठ ५ गते।

स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।बिहीबार बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेकी छिन् ।उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतले अन्तर बढाइरहेकी छिन् । उनले १९ हजार ९५६ मतसहित अग्रता लिँदा सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतसहित पछ्याइरहेका छन् ।त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ प्राप्त गरेकी छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...