मिस नेपालको देशव्यापी अडिसन सकियो, प्रतिस्पर्धामा ८०० सुन्दरी

[sharethis-inline-buttons]

काठमाडौं-

मुलुकको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालमा भाग लिने युवतीको क्रेज उच्च देखिएको छ । आयोजक संस्था द हिडन ट्रेजरका अनुसार झन्डै ८०० जना युवतीले यस संस्करणमा प्रतिस्पर्धा गर्न आवेदन दिएका थिए ।मंगलबार काठमाडौंमा अन्तिम अडिसन आयोजना गरियो जहाँ २०० युवतीले अडिसन दिए । यसअघि बाँकी ६ प्रदेशका मुख्य सहरमा अडिसन सम्पन्न भैसकेको छ । पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अडिसन भएको छ ।

राजधानीमा भएको अडिसनमा देखिएको संख्या निकै उच्च हो । ‘मिस नेपालमा पछिल्लो समय देखिएको यो क्रेजप्रति हामी खुशि छौं’ हिडन ट्रेजर प्रमुख दीवाकर राजकर्णिकारले भने, ‘मापदण्डमा हामी केही लचिलो देखिएपछि भाग लिन इच्छुक युवतीको संख्या बढेको छ ।’कोरियोग्राफर रचना गुरुङ शर्मा, पूर्वमिस नेपाल इभाना मानन्धर लगायतले काठमाडौंमा अडिसन लिएका थिए । यसपटक उमेर र उचाइको मापदण्डमा लचिलो भएपछि सोहीअनुसार आवेदन दिने युवतीको संख्यामा वृद्धि भएको देखिन्छ ।

अडिसनबाट १९६ जना प्रतिस्पर्धी छनौट हुने र छानिएकालाई आगामी शुक्रबार अभिमुखीकरण तालिम दिइने भएको छ ।असार ४ गते गोदावरीको ललितपुरस्थित तीन हजार जना दर्शक अट्ने सनराइज कन्भेसन सेन्टरमा मिस नेपालको ग्रान्ड फिनाली हुँदैछ । यसपटक मिस वल्र्डसहित मिस इन्टरनेसनल र अर्थ टाइटलमाथि प्रतिस्पर्धा हुनेछ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...