नेपालको सुरुवात निकै सुस्त

[sharethis-inline-buttons]

काठमाडौं-

(हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको दोस्रो महिला टि२० आई खेलमा निकै सुस्त सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ७ ओभरमा १ विकेट गुमाउँदै २८ रन बनाएको छ ।नेपालले पावर प्लेको ३६ बल मध्य २३ बल डट खेलेको थियो । ओपनर इन्दु बर्मा १३ बलमा ५ रन बनाउँदै बोल्ड भइन् । अर्की ओपनर विन्दु रावल २३ बलमा १ चौकासहित १८ रनमा अविजित छिन् ।

नेपालले पहिलो बाउन्ड्री सातौं ओभरको तेस्रो बलमा प्रहार गरेको थियो । अप्सरी बेगम ६ बलमा २ रनमा अविजित छन् ।पहिलो खेलबाट नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । विकेटकिपर ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापालाई बेन्चमा राखेको छ । सीता रानामगर, काजोल श्रेष्ठ र सरिता मगरलाई आज प्लेइङ ११ मा उतारेको छ ।

पाँच महिला टि२० आई खेलमा युगान्डाले १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो । जितको लागि १ सय ३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाउँदै ९० रन जोड्न सकेको थियो ।