गायक राजु लामाले सफलतापूर्वक सगरमाथा गरे आरोहण

[sharethis-inline-buttons]

काठमाडौं –

गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेको थियो ।इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।
उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागि थिए ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामाले सर्वोच्च शिखर चढेका हुन् । साथै ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेका थिए ।जलवायु संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरोजस्ता प्राकृतिक विपतले ल्याएको जोखिमबारे आफूले हिमाल बढेको लामाले बताएका थिए ।लामा चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट समेत हुन् भने उनी पछिल्लो समय वातावरणीय अभियानमा सक्रिय छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...