आज देशभर बुद्ध जयन्ती मनाइदै

[sharethis-inline-buttons]

आज्ञा खबर

२०७९ जेष्ठ २, सोमबार आज बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात बुद्ध जयन्तीमा यिनै महापुरुष गौतम बुद्धकोयिनै शाक्यमुनी को जन्म, समाधी अनि ज्ञान प्राप्तीको दिनकारुपमा आज विश्वको उत्तरी देखि दक्षिणी ध्रुवसम्म, मृत सागर देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारस देखि बेईजिगंसम्म आआफ्नै तरिकाले बुद्ध जयन्ती मनाईन्छ । बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो र उनि जन्मना साथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावा तर्फ देखाएका भन्ने किंमदन्तीहरु सुनिन्छ, यसका अनुसार उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तीम अवतार रहेको जानकारी र जनाउ भएको मानिन्छ ।आज हामीसबैका गौतम बुद्ध २५५८ वर्ष हुँदैछन्, भौतिक शरीर नाश भएपनि आफ्ना ज्ञान, वचन अनि अध्यात्मीक सिपमार्फत बुद्ध हामीसबैको चित्तमा विराजमान नै छन् । जिवनमा यस बैशाख शुक्ल पूर्णिमाले ठूलो महत्व राखेको छ, वहाँको जन्म, ज्ञान प्राप्ती अनि समाधी यही बैशाख पूर्णिमाकै दिन भएको हो । राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरा सँग विाह गरेका थिए । सम्पूर्ण जिवजगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखशयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।यि राजकुमारलाई मानव जिवनमा आईपर्ने पिडा र दुख्ख निवारण गर्ने ज्ञानको खोजी थियो र वर्षौ पछीको यिनको तपस्याले निकालेको दर्शन र ज्ञाननै वुद्धत्व हो । ज्ञान प्राप्तीको पथमा विरामी मान्छेहरु, घाईतेहरु, लोभी का साथसाथै आफ्ना सबैकुरा अरुलाई दान गरेर भिक्षु भएका मान्छेको अवस्था पनि सिद्धार्थ गौतमले नियाले, त्यसपश्चात आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतमनै आज संसारका महान गौतम बुद्ध हुन् ।वुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभईकन एउटा अहिंसा, अधर्म अनि असत्य वाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वब्यापी दर्शन। यो धर्म शाक्यमुनि गौतम वुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम वुद्धलाई वर्तमान कल्पको चौथौं सम्यक सम्बुद्ध मानिन्छ । विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।संसारभरि फैलिएको यस बुद्ध दर्शनको उदगम विन्दु नेपालमा भएकाले नपाललाई शान्तीको देश पनि भनिन्छ, तसर्थ बुद्धको जन्मभुमीमा आजको दिनमा विभिन्न देशहरुले संसारभरिवाट अदभुत मन्दीर गुम्बाहरु निर्माण गरेका छन् ।गौतम वुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरु मध्ये एक अवतार मान्दछन् । गौतम वुद्धलाई एसियाका तारा पनि भनिन्छ । वुद्ध नेपालभुमीमा जन्मिएको हुँदा वुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिंदै आएको छ । वुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ ।उत्तर कोरियाले अशान्त भएर संसार तर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रंग, सम्पती, भाषा र भुगोलका आधारमा विभेद भईरहँदा बुद्धको दर्शनले शान्तीको शान्तपूर्ण वकालत गरिनैरहेको छ । बुद्धका ज्ञानलाई आत्मसाथ गरेमात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ, संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्कि आउ शाक्यमुनी , शान्तीको सन्देश लिएर आऊ है । बुद्धजयन्तीको शुभकामना

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...