आज्ञा सम्वाददाता
काठमाडौं
आजदेखि परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा लागू भएको छ। सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९:३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।
छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म रहने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।