महोत्तरी,वैशाख ३० गते ।
महोत्तरीको गौशाला नगरपालिका-९ स्थित विषहरपुर मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।एक जना मतदाताको साथबाट दुई वटा मतपत्र फेला परेपछी विवाद चर्किएको थियो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले विवाद समाधानका लागि प्रयास भइरहेको बताए ।
उनले भने, ‘उम्मेदवारका समर्थक र प्रतिनिधिबीच विवाद समाधान गर्ने विषयमा छलफल भइरहेको छ । समाधान लगत्तै मतदान प्रक्रिया पुनः सुरु हुन्छ ।’ अनलाइन खबर