आज र भोलि मतदाता परिचय पत्र वितरण गरीने

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमौडौ
आज बुधबार र भोलि (बिहीबार) नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । मतदाता नामावलीमा पहिलोपटक नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।

नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ। परीचयपत्रको हकमा सम्बन्धित मतदान केन्द्रबाट आयेगले मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनकोलागी मंगलबार रातिदेखि नै मौनावधि सुरु भइसकेको छ । वैशाख ३० गत्ते स्थानीय तहको निर्वाचन नसकिउन्जेलसम्मका लागि लागू हुनेछ । मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ ।