आज्ञा सम्वाददाता
काठमाडौ
आज मध्यरातिदेखि स्थानिय निर्वाचनकालागी मौन अवधि सुरु हुँदै छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदै छ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।
मौन अवधिमा के गर्न पाइँदैन ?
–मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिरया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने
–निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने
–मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
–एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत् मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
–मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ।