ज्यान गुमाएका म्यादी प्रहरीको परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँ दिईने

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
२८ चैतबाट एक साता सुरक्षा तालिम दिएर जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी ४० दिनको ड्युटीमा ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खटाइएकोे ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । देशभर १ लाख म्यादीलाई खटाईएको छ ती मध्ये चार जनाको विभिन्न कारणले ज्यान गएको छ।
सिन्धुपाल्चोकमा दुर्गासिं बस्नेत र नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको दुर्घटनामा परी ज्यान गएको छ। बाँकेका जसबहादुर रोकाको हुम्लामा सुतेकै ठाउँमा मृत्यु भएको हो।
यस्तै सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले जानकारी दिए। यस्तै आचरण विपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन्।
मन्त्रिपरिषद्ले आइतबार निर्वाचन सुरक्षामा खटिँदा ज्यान गुमाएका म्यादी प्रहरीको परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आत्महत्या गर्नेका हकमा भने यो राहत नदिइने भएको छ।