मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिन विद्यार्थीको उपस्थिति नगराउन निर्देशन

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांठौ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक उपस्थिति नगराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

केन्द्रले वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकोले मतदानस्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन भनेको हो ।

त्यस अवधिमा विद्यार्थीहरुलाई बैकल्पिक पद्दतीबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

पत्रमा स्थानीय तहहरुलाई पत्रनुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ ।