आज्ञा सम्वाददाता
ओखलढुङ्गा
ओखलढुङ्गामा चट्याङ लागेर हिजो साँझ एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लिखु गाउँपालिका–८, टारकेराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जी रहेका छन।
देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकैको चौतारामा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर दुवै जना ढलेका थिए । लगत्तै गामनाङटारबाट खटिएको प्रहरी टोलीले अचेत अवस्थामा रहेका उनीहरुलाई उपचारको लागी तामाकोशी अस्पताल रामेछापमा भर्ना गरेकोमा उपचारकै क्रममा देवबहादुरको मृत्यु भएको हो ।
मेघबहादुरलाई भने थप उपचारको लागि काठमांडौ स्थित पाटन अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।