आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको औरहीमा वेवारिसे सामान फेला परेको छ । औरही नगरपालिका १ स्थित २ वटा वोरामा राखिएको ईलेक्ट्रोनिक्स सामान आज विहान फेला परेकोे हो ।
ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार सो सामान केही महिना अगाडि गौशालास्थित मिथिलान्चल कम्प्युटर सेन्टरबाट चोरी भएको हुन सक्ने अनुमान गरिएको छ । सोे सम्बन्धमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशलाका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।
प्रहरीले मिथिलान्चल कम्प्युटर सेन्टरबाट चोरी भएको सामान केही दिनअघि औरही वजारमा संचालित प्रिन्स मोवाईल एण्ड मर्मत सेन्टरका संचालक दिनेश साहलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो । त्यसपछि पहिलो पटक ठुलो परीमाणमा चोरीको सामान वरामद भएको प्रहरीले जनाएको छ ।