नेपाल र जिम्बावे ए लाई वर्षाको चिन्ता

[sharethis-inline-buttons]

काठमाडौं-

(हाम्रो खेलकुद) – घरेलु टोली नेपालले तेस्रो टि२० अभ्यास खेलमा आज जिम्बावे ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे टियु मैदानमा हुनेछ । पहिलो खेलमा ६ विकेटले विजयी भएको जिम्बावे अन्तिम खेलमा जितका साथ उपाधि जित्ने सोचमा हुनेछ । नेपाल भने जितका साथ सिरिज बराबरी गर्ने सोचका साथ मैदान उत्रनेछ । दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो । यसअघि पहिला तीन एकदिवसिय अभ्यास खेल खेल्ने तालिका थियो । वर्षाको कारण टि२० पहिला गरेको हो । तर बुधबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ ।

विहान देखिनै बादलले ढाकेको काठमाडौंको आकाश दिउँसो भारी वर्षाको कारण खेल हुने समय न्यूनन छ । खेल हुने समयमा ६१ प्रशितश पानी पर्ने सम्भावना छ । समग्रमा आजको दिन ७४ प्रतिशत पानी पर्ने सम्भावना छ । दिउँसो २ बजेको समय ७६ प्रतिशत सम्म वर्षाको सम्भावना छ । त्यसैले नेपाल र जिम्बावे ए दुबैलाई प्रदर्शन भन्दापनि वर्षाको चिन्ता बढी हुनेछ ।

नेपालले टोलीमा मौका नपाएका खेलाडीलाई अवसर दिनसक्छ । जिम्बावे ले भने आक्रामक ब्याटिङ गरेको छ । नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र करण केसी प्रमुख हतियार हुन् । तर पहिलो खेलमा सन्दीपले एकै ओभरमा चारछक्का खर्चिदा कुल ४ ओभरमा ५० रन खान पुगेका थिए । ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई राम्रो सुरुवात दिलाउन आवश्यक देखिन्छ ।
नेपालको टि२० टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की ।

नेपालको एकदिवसिय टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।
जिम्बावे ए को टोली :