आज ईद उल फित्र मनाइँदै, देशैभर सार्वजनिक बिदा

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज मङ्गलवार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने धार्मीक परम्परा रहेको छ।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए। नवौँ महिनाको अन्तिम दिन गएको बिहीवार बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो ।

यसैबीच सरकारले ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ । २०७८ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री देउवाले ईद पर्वको अवसरमा सम्पुर्ण मुस्लिम नेपाली लाई शुभकामना दिएका छन्

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...