अभिनेत्री केकी अधिकारी उडिन् अमेरिका

[sharethis-inline-buttons]

काठमाडौं –

विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने छैनन् ।
टीभी पर्सनालिटी तथा साथी रीमा विश्वकर्मासँगै केकी अमेरिका उडेकी हुन् । नवविवाहितको योजना मधुमास हुने गर्छ, तर केकीको पतिबिनाकै अमेरिका उडानको योजना हनिमुन रहेन ।

‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शोको निर्णायकको रुपमा केकी अमेरिका प्रस्थान गरेकी हुन् । रीमा चाहिं उक्त शोको होस्ट हुन् । सिन्दूर-टीका, मंगलसूत्र र कुर्थामा सजिएकी केकीलाई एयरपोर्ट पुर्याउन रोहित पुगेका थिए ।
‘काम मेरो पहिलो प्राथमिकता हो । हनिमुन दोस्रो । विवाहलाई जीवनमा हुने अपरिहार्य घटनाको रुपमा लिन्छु,’ अमेरिका उड्नुअघि केकीले भनिन् ।
झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् । केकीको विवाहमा सहभागी हुन रीमा गत साता अमेरिकाबाटै आएकी थिइन् ।