निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नराखिएको भन्दै स्वतन्त्र उम्मेदवार धर्नामा

[sharethis-inline-buttons]

बर्दिवास, वैशाख १९।

निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् ।सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न छैन ।आफूले पाएको चुनाव चिह्न नमूना मतपत्रमा नदेखेपछि अन्यौलमा परेको उम्मेदवार साह बताउँछन् ।

‘मसँग खेलवाड गर्न खोजिएको छ,’ उनले भने, ‘पटक-पटक निर्वाचन अधिकृतलाई भन्दा पनि सुनुवाइ भएन ।’मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले धेरै स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न नमूना मतपत्रमा नदेखिएको बताए । उनले यस विषयमा आयोगलाई जानकारी गराइसकिएको बताए ।अनलाइन खबर