काठमाण्डौँ-
आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् । आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा ९एमाले०ले प्रतिबद्धता पत्र सार्वजनिक ग-यो ।
अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन् । गाउँमा चुनावी रोनक छाएको छ । नेपाली कांग्रेसले बानपा ४ र ५ बाट घरदैलो अभियान सुरुआत गरेको छ । एमाले र राप्रपाको तालमेल अनुसार नगरपालिकामा संयुक्त घरदैले कार्यक्रम सुरु गरेको छ भने अहिले मतदाताको घरदैलोमा विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरु भोगमागन व्यस्त देखिएका छन् ।
मतदातालाई घेट्न उम्मेदवार खेत, बारी र धारामा पुग्ने गरेको देखिन्छ । विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ उम्मेदवार पुग्न थालेको देखिन्छ । अहिले गठबन्धन र एमालेले सामाजिक सन्जालको भरपुर उपयोग गरेर चुनावी प्रचारमा दलका उम्मेदवार लागेका छन् । गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । दलहरू प्रचारप्रसारमा नयाँनयाँ शैली अपनाइराखेका छन् । उम्मेदवार घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारीले समेत आफ्नो चुनाव चिह्न लिएर मतमाग्न व्यस्त देखिएका छन् । गठबन्धले जैमिनी, गलकोट र ढोरपाटन नगरपालिका तथा बडिगाड , बरेङ र निसीखोलाम गाउँपालिकामा चुनावी सभा र घरदैलोलाई तीव्रता दिइएको काँग्रेसका सभापति जीत शेरचनले जानकारी दिए ।