काठमाण्डौँ-
थप २० जनामा कोरोना संक्रमण, २७ जना निको भए देशभर गरिएको २ हजार ५०८ पीसीआर र १ हजार ७१४ जनाको एन्टीजेन परीक्षणका क्रममा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २७ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ६५६ जना पुगेको छ।
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल २२१ जना संक्रिय संक्रमित छन्।