आज्ञा सम्वाददाता
महोत्तरी
वर्दिबास नगरपालिकाकोे वडा नं ७ बाट अन्य कुनै महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य पदमा एकल उमेदवारी दिने कलिमाया माओवादी केन्द्र बाट निर्विरोध निर्वाचित भएर माओबादी केन्द्रिको बर्दिवास नगरपालिकामा जितको खाता खोल्न सफल भएकी छिन।
उनि बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने पहिलो महिला जनप्रतिनिधि समेत रहेको निर्वाचन कार्यालय बर्सिबासले जनाएको छ । बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई जनताले बिगत देखिनै माया गरेर मतदान गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उनले दाबी समेत गरेकि छिन।