सिरहामा १० उम्मेदवारको उम्मेदवारी फिर्ता

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सिरहा
सिरहामा उम्मेदवारी मनोनयन दर्ता गराएका ६ जना मेयर र ४ जना उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) बाट गोलबजार नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका धर्मनाथ महतो र उपाध्यक्षका उम्मेदवार गोमा लम्सालले मनोनयन फिर्ता लिएका छन्। उनीहरुले स्थानीयस्तरमा नेकपा (माओवादी केन्द्र)लाई सहयोग गर्ने भएका छन।

जनता समाजवादीबाट धनगढीमाई नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका विनोद चौधरी, औरही गापामा अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवारी दिएका सुकदेव यादव र जसपाबाट उम्मेदवारी दिएका रामविलास यादवले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

भगवानपुर गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार रामकुमार यादव र कुन्ति कुमारी यादवले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जनाएको छ।

त्यसैगरी, उपाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी पुनम मोची, लोसपाबाट मिर्चैया नगरपालिकाको उपमेयरमा उम्मेद्वारी दिएकी गुरीया कुमारी, सुखिपुर नपामा नेपाली काँग्रेसबाट उपमेयरका उम्मेद्वार बनेकी सुनिता कुमारी यादवले पनि आफ्नो मनोनयन फिर्ता लिएकी छिन्।