सर्लाहीको लालबन्दीमा मओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
सर्लाही
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको चुनावी तालमेल भएको छ । शुक्रबार माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता लिएपछि चुनावी तालमेलको निणर्य भएको हो ।
मेयर र उपमेयर पदमा भागवण्डा गरी माओवादी र एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल गरेको हो ।
माओवादीबाट मेयरमा प्रह्लाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् ।

दुवै पार्टीले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए ।
माओवादीबाट उपमेयरमा सुमित्रा श्रेष्ठ र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा रमा पौडेलले शुक्रबार एकैसाथ उम्मेदवारी फिर्ता लिएका छन् ।