आज्ञा सम्वाददाता
महोत्तरी
बर्दिबास नगरपालिकाका भित्र माओवादी केन्द्रका मेयर पदका स्वतन्त्र उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले उम्मेदवारी फिर्ता लिए पछी सो पार्टीका मेयर पदका उमेदवार राजु खड्काको चुनाबी माहोल बलियो बनेको छ।
बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको बताएका छन।
मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन्। कांग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मेदवारी फिर्ता गरेका छैनन्। क्षेत्रीलाई समर्थन गर्दै विभिन्न वडाबाट मनोनयन दर्ता गरेका कांग्रेका बागी उम्मेदवारले भने मनोनयन फिर्ता गरेका छन्।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गरेका सबैको नामावली हिजो बेलुकी ६ बजे प्रकाशन गरेको छ। बर्दिबासबाट उम्मेदवारी फिर्ता गर्नेमा धेरैजसो नेपाली कांग्रेसका कार्यकर्ता छन्।