काठमाण्डौँ-
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेसी महिलाको बिहेमा ५१ हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गर्ने लोसपाले आफ्नो घोषणापत्रमार्फत जनाएको हो । यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने लोसपाको विश्वास छ ।
साथै महिलालाई उच्च शिक्षाका लागि प्रत्साहन दिने घोषणा पनि लोसपाले गरेको छ । यस्तै लोसपाले प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहका लागि थप ५ हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेको छ।रातोपाटी