मिथिला नगरपालिकाका बागी उम्मेदवार तथा निबर्तमान मेयर हरिनारायण महतोले उम्मेदवारी फिर्ता लिँदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
धनुषाको मिथिला नगरपालिकाका बागी उम्मेदवार तथा निबर्तमान मेयर हरिनारायण महतोले मनोनयन फिर्ता लिने भएका छन् ।

हरिनारायण टिकट नपाएकोमा आक्रोशित बनेका उनले स्वतन्त्र मनोनयन दर्ता गराएका थिए।
महतोले एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा उम्मेदवारी फिर्ता लिन लागेका हुन् । काठमाडौंमा रहेका उनी केहीबेरमा धनुषा फर्किएर साँझसम्म उमेदबारी फिर्ता लिने तयारी छ ।

मिथिला नगरपालिकामा एमालेले राजाराम महतोलाई मेयरको टिकट दिएको छ । ७४ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका थिए । त्यसैकारण हरिनारायणलाई जितका लागि सहज भएको थियो ।

मेयरमा निर्वाचित भएको केही दिनपछि हरिनारायणले राजारामलाई एमालेमा प्रवेश गराएका थिए ।

हरिनारायणले अध्यक्ष ओलीको आग्रहमा उम्मेदवारी फिर्ता लिन लागेको बताए ।

उनले भने, ‘अध्यक्ष कमरेडले तपाईंको व्यवस्थापन गर्छौं भन्नुभएको छ ।’ उनले अब मेयर उम्मेदवार राजारामलाई इमान्दारिपूर्वक सघाउने पनि प्रतिबद्धता जनाए ।