मिलनको ‘वर एण्ड वधु’मा साम्राज्ञीको प्रवेश

[sharethis-inline-buttons]
काठमाण्डौ-
अभिनेत्री साम्रात्री आरएल शाहलाई अनुबन्ध गरेका छन् । यसै हप्ता साम्राज्ञीसँग मिलनले कागजी सम्झौता गरेका हुन् । फिल्ममा यसअघि अभिनेत्री आँचल शर्मा अनुबन्ध भइसकेकी छन् । अब पहिलो पटक साम्राज्ञी र आँचल एकसाथ देखिनेछन् । यस फिल्ममा नव–नायक विवेक कर्माचार्यको पनि मुख्य भूमिका रहनेछ ।
लकडाउनको समयमा निर्देशक चाम्सले साम्राज्ञीलाई एक नयाँ फिल्ममा पनि भित्राएका थिए । विदेशमा छायांकन हुने भनिएको उक्त फिल्म अब बन्ने वा नबन्नेमै अन्योल छ । कथाको मागअनुसार नै ‘वर एण्ड वधु’मा साम्राज्ञीलाई अनुबन्ध गरेको निर्देशक चाम्सले जानकारी दिएका छन् । साम्राज्ञीको प्रवेशले फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको अनुमान गर्न सकिन्छ ।
कमेडी र लभस्टोरी कथामा बन्न लागेको फिल्मको स्थानीय निकायको निर्वाचनपछि छायांकन सुरु गर्ने तयारीमा निर्देशक चाम्स छन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मका लागि आँचल शर्माले १० केजी तौल घटाइसकेकी छन् । फिल्ममा उनको भूमिका सशक्त रहेको बताइएकोे छ । कोभिडपछि उनले पहिलो पटक नेपाली फिल्ममा काम गर्न लागेकी हुन् ।
त्यस्तै, साम्राज्ञीले कोरोना महामारीपछि लगातार रुपमा फिल्ममा काम गरिरहेकी छन् । गत चैतमा फिल्म ‘ह्यारी कि प्यारी’को छायांकन सकाएकी उनको ‘तिम्रो मेरो साथ’ फिल्म प्रदर्शनको पखाईमा छ । उनको पाइपलाइनमा फिल्म ‘लण्डन टू पेरिस’ पनि छ । ठूलो आश गरेका पछिल्ला दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ असफल भएपछि उनी करिअरलाई लिएर चिन्तित छिन् ।