स्थानीयर्वाच निनकालागि देशभर लगातार चार दिन सार्वजनिक बिदा

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी

निर्वाचन आयोगले अगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर लगातार चार दिन सार्वजनिक बिदा दिने भएको छ।
चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेकोले सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै, २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्नु पर्ने भएकाले आउने २८ र २९ गते विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।