काठमाडौं-
नेपालले जुन दोस्रो सातादेखि अमेरिकामा सुरु हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पहिलो खेल ओमानसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।नेपालले पहिलो खेल वैशाख जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ । यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग–२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ ।
अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ । विश्व लिग–२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो ।
नेपालले अमेरिकापछि उतैबाट स्कटल्यान्ड भ्रमण गर्ने तयारी गरेको छ । आइसिसी विश्ववकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा नेपाल र नामिबियाबीच सिरिज हुनेछ । ७ टोली सहभागी विश्वकप लिग–२ मा शीर्ष तीन टोलीले आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।
नेपाल हाल भने घरेलु मैदानमा जिम्बावे ए सँग तीन एकदिवसिय र तीन टि२० सिरिज खेल्दैछ । लिष्ट ए र टि२० मान्यता नहुँदा यो सिरिज अभ्यास सरह हुनेछ । नेपाल र जिम्बावे ए बीच पहिलो एक दिवसिय खेल शनिबार टियु मैदानमा हुनेछ ।
अमेरिकामा नेपालको खेल तालिका –
जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान
जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल
जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान
असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल
नेपाल र जिम्बावे ए सँगको तालिका
वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल
वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल
वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल
वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल
वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल
वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल
(हाम्रो खेलकुद) –