नेपाल सरकारका पूर्व सचिव केदार न्यौपाने राप्रपामा प्रवेश

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
हालै सेवा निवृत्त भएका नेपाल सरकारका पूर्व सचिव केदार न्यौपाने राप्रपामा प्रवेश गरेका छन्। निजामती सेवामा लामो समय बिताएका न्यौपाने भूमि सुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिव पदमा रहि काम गरेका थिए।

गृह, स्थानीय विकास जस्ता मन्त्रालयको समेत अनुभव संगालेका न्यौपानेलाई मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरी राप्रपामा प्रवेश गराएका हुन्। न्यौपानेको राप्रपा प्रवेशले पार्टीलाई महत्त्वपूर्ण योगदान पुग्ने राप्रपाका नेताहरुले बताएका छन्।