बर्दिबास-
उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिनुभएको छ ।पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गरेका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खाएका छैन । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारी खेती गर्दै आएका यादवको जग्गामा अहिले भण्टा, खुर्सानी र लहरे ९फर्सी, लौका, घिरौँला, करेला, बोडीआदि० मुख्य तरकारी बाली हुन् ।
खेती गर्न थालेर धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आई पुगेको यादवको अनुभव छ ।पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ । खासमा केही वर्षयता तरकारी बालीमा अत्यधिक किराको प्रकोप बढेको बताउने यादव अब त विषादीले पनि किरा चिन्न छाडेको भन्छन ।
“उ त्यहाँ भण्टाको बोट हेर्नोस्, कति थरीका दबाइ ९विषादी० छरीसके, केही टेरेको छैन”, बारीका केही पात ओइलिँदै गएका भण्टाका बोट देखाउँदै यादवले भने“सल्लाह दिने कोही जेटी, जेटिए ९कृषि प्राविधिक० पनि भेटिँदैनन्, के गर्ने होला ?”मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप हुने गरेको उनको अनुभव छ । “म यहीँ हुर्केको हुँ, १५÷२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैन्थे, यी दबाइ पनि थिए कि थिएनन् रु अहिले त यी थरिथरिका किरा र रोगले हैरान नै पारेका छन् ।”
पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एकपटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झँदै उहाँले अचेल भने कैयन थरिका झार उम्रने र त्यसलाई मास्न दबाइ नै प्रयोग गर्ने गरेको बताए ।बालीनालीमा बढ्दो रसायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गरेर प्राङ्गारिक खेती प्रणालीमा किसानलाई फर्काउन अब ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । – कृषि साप्ताहिकबाट