क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एसबाट मेयरमा शिवशंकर र उपमेयरमा निर्मलाको उम्मेदवारी दर्ता

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
नेकपा एकीकृत समाजवादीबाट धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा मेयर पदमा शिवशंकर प्रसाद सिंह र उपमेयरमा निर्मला यादवले उम्मेदवारी दिएका छन् ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयमा सिंह र यादवले मनोनयन दर्ता गराएका हुन् ।

मेयर पदमा मनोनयद दर्तापछि सिंहले क्षीरेश्वर नगरपालिकाको विकास र सुशासनलाई प्राथमिकतामा राख्न आफू र मेयर पदमा उम्मेदवारी दिएको बताए ।

नगरका लागि शिक्षा, स्वास्थय, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको सिंहले बताए