देशभर १ लाख ४ हजार १२३ जनाकाे उम्मेदवारी दर्ता

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
निर्वाचन आयोगले सोमबार राति ११ बजे उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ । आयोगका अनुसार देशभर नगर प्रमुखमा २ हजार ७ सय ४४ जना र उपप्रमुखमा १ हजार ६ सय ९९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, गाउँपालिका अध्यक्षमा २ हजार ९ सय ४१ जना र उपाध्यक्षमा २ हजार २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगको विवरण अनुसार देशभर १ लाख ४ हजार १ सय २३ जनाले उम्मेदवारी दर्ता गराएका हुँन् ।